.... ....UCC

10,October , 2005

आज फूलपाती

असोज २४ गते सोमबार
रत्‍नपार्क– बडादसैँ अर्न्तर्गत सप्तमी तिथिमा आज अधिराज्यभर परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाइँदैछ ।दुर्गा भवानीको प्रतिमा राखिएको दसैँघरमा फूलपातीको शुभ-साइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको पात, फलफूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्रयाइन्छ ।आज अपराहृन टुँडिखेलमा बढाइँ हुनासाथ गोरखाबाट ल्याइएको फूलपातीलाई विधिपूवक हनुमानढोकास्थित दसैँघरमा भित्रयाइन्छ ।सो फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पुजारीसहित मगरजातिका छजनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका बाहुन जातिका छजनाले ल्याउने परम्परा रहेको छ ।हर्षबढाइँका साथ फूलपाती भित्रयाउन गुरुज्यूको पल्टन, शाही नेपाली सेना, नेपाल प्रहरी, राजप्रासाद सेवा र निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुजा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौडीहरू र साँस्कृतिक नाचगानसहितको लावालस्करको टोली हनुमानढोकाबाट जमल प्रस्थान गर्दछ । घटस्थापनाका दिनदेखि दसैँ सुरु हुने भए पनि दसैँको विशेष चहलपहल भने फूलपातीका दिनदेखि नै सुरु हुन्छ । फूलपातीदेखि सरकारी कार्यालय बन्द हुने भएकाले अध्ययन, व्यवसायलगायत विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका व्यक्तिहरू सपरिवार बसेर दुर्गा भवानीको टीका थाप्न आ-आफ्ना घर र्फकने क्रम आजदेखि अझ तीव्र भएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2005/10/10/aaja-phoolpati/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here