कतै दशैं, कतै दशा !
शनिवार पाकिस्तानमा आएको भुकम्पमा बिस हजार भन्दा बढि मानिसको मृत्यु

अपडेट>>> मृतकको संख्या पचास हजार भन्दा बढि, घाइते सत्तरी हजार घरबार बिहिन तीस लाख
नेपाल एवं भारतमा यतिबेला महान चाड विजया दशमीको भव्य तयारी हुदैछ तर छिमेकि देश पाकिस्तान एवं भारतकै कस्मीरी क्षेत्रमा महाभुकम्पले गर्दा सयौं मनिसहरुको ज्यान गइरहेको छ । शनिबार बिहान गएको सात दशमलब छ रेक्टर स्केलको भुकम्पले गर्दा अहिले सम्म पाकिस्तानमा बिस हजार भन्दा बढिको ज्यान गइसकेको छ भने भारतको कास्मीरमा त्यसैको धक्काले अहिले सम्म छ सय को ज्यान गइसकेको छ तर यो संख्या बढ्ने अनुमान छ । पाकिस्तानमा मर्नेहरुमा मुख्यगरी स्कुलका बिद्यार्थि एवं सेनाहरु भएको बताइन्छ ।नेपाली समय अनुसार शनिबार विहान नौ बजेर पैतिस मिनेटमा आएको यो भुकम्पको केन्द्रबिन्दु पाकिस्तान प्रशासित कास्मिरको राजधानी मुजफ्राबादको आसपास भएको बताइन्छ ।अन्य समाचार एवं तस्विरहरुको लागी भित्र जानुहोला

मृतकहरुको लास खोज्दै र्सबसाधारण
शारांशमा
-
पाकिस्तानका राष्ट्रपति पर्वेज मुशर्रफले उत्तरी पाकिस्तान र भारतको व्यापक क्षेत्रमा असर पु-याउने गरी गएको भूकम्पपछि तत्काल सहयोग पु-याउन अन्तराष्ट्रिय समुदायसित अपील गर्नु भएको छ।
–एउटै स्कुलमा चारसय भन्दा बढि छात्राको मृत्यु
–मृतकको संख्या बिस हजार भन्दा बढि, तिस हजार सम्म पुग्ने अनुमान
–घाइतेहरुको संख्या बयालीस हजारभन्दा बढि
–मृतकाको परिवार एवं घाइतेको उद्धार एवं सहयोगको लागी पाँच अरब रुपैंया केविनेट बैठकबाट पारित
–मृतको परिवारको लागी तत्काल एकलाख र घाइतेको लागी पचास हजार दिने घोषणा
–मृतकको सम्मानको लागी तिन दिन सम्म शोकको घोषणा
–भारतद्धारा पाकिस्तानको लागी सक्दो सहयोग गर्ने घोषणा
अन्तराष्ट्रिय सहयोग
पाकिस्तानमा- वेलायत, संयुक्तराज्य अमेरिका, चीन, जापान र टर्की लगायतका देशहरूले चिकित्सा तथा उद्धार टोलीहरू पठाएका छन्।हाल सो क्षेत्रमा पालहरू, कम्बल र पानी प्रशोधन उपकरणहरू पठाईंदैछ। रूस र मलेशियाले उद्धार टोलीहरू पठाउन लागेको बताएका छन्। छिमेकी भारतका सूचनामन्त्री जयपाल रेड्डीले भारत पाकिस्तानलाई जुनसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो। धेरै देशहरूले आर्थिक सहायताको बचन दिएका छन तर हालसम्म कुनैपनि देशले पाँचलाख डलर भन्दाबढी रकमको प्रतिवद्धता जनाएका छैनन्।
शनिवार युरोपेली संघले स्थलमा रहेका एजेन्सीहरूले अनुरोध गर्ने वित्तिकै रकम निकासा गर्न आफु तयार रहेको जनाएको थियो। बृटेनस्थित मुसलमान दातृ संस्थाहरूले पनि लाखौं डलर रकम सहयोग गर्ने बताएका छन्। बृटिश अन्तराष्ट्रिय विकास मन्त्री हिलरी बेनले आवश्यक जुनसुकै थप सहायोग प्रदान गरिने बताउनु भएकोछ। भू-कम्पबाट तहस नहस भएको उत्तरी पाकिस्तानी क्षेत्रहरूमा राहत टोलीहरू पुग्न बाँकी नै रहँदा राजधानी इस्लामावादमा ढलेका अग्ला अग्ला अपार्टमेण्ट भवनहरू मूनि पुरिएकाहरूको उद्धार कार्य जारी रहेकोछ। हालसम्म भग्नावशेषबाट ८० जना भन्दाबढी मानिसहरूको उद्धार गरिसकिएकोछ।वेलायत लगायत अन्य देशहरूबाट गएका विदेशी विशेषज्ञहरू उद्धार प्रयासमा सरिक भएका छन्। उद्धार टोलीहरूले अझैपनि कंक्रिटको थुप्रो मूनिबाट मानिसहरूका आवाजहरू सुनिएको बताएका छन्।यसबाट भू-कम्पको मार परेको २४ घण्टापछि पनि थप मानिसहरूलाई जिवितै उद्धार गर्न सकिने आशा बढेकोछ।

घाइतेहरुको उद्धार गर्दै सेनाहरु

घर भत्किएर पुरिएर मरेका मानिसहरु

आफन्तको मृत्युमा शोकाकुल आफन्तहरु

रोइरहेकि एक महिला

भत्किएको घरलाइ नियल्दै एक वृद्ध

भत्किएको घरलाइ नियल्दै एक युवक
नेपाली देवदास——- रत्नपार्क


गएका महिनाहरु:

thanks for photo
Comment by lato sathi — 9,October , 2005 @ 3:47 am