दशैं बिर्सिए सुन्दरीहरुले

अशोज २१
-
यतिबेला घरघरमा दशैंको चहलपहल बढेको छ ।कोहि दशैंको लागी शहरबाट गाउँतिर गइरहेका छन कोहि बिदेशबाट स्वदेश आइरहेका छन । हुनेहरु दशैंमा कसरी रमाइलो गर्ने भनेर पैसा खर्चिरहेका छन त नहुनेहरुपनि रिण खोजेर भएपनि दशैं मनाउदै छन । तर यहि दशैंको मुखमा केहि सुन्दरीहरु दशैं त फेरी फेरी आउंछ तर सौर्न्दर्य देखाउन संधैभरी कहाँ पाइन्छ भनेर बिदेसतिर लम्कीरहेका छन आफ्ने सौर्न्दर्य पर््रदर्शन गर्न। बाँकी भित्र छ

शभोना श्रेष्ठ
केहीअघि मात्र राजधानीमा सम्पन्न डाबर बाटिका मिस नेपाल २००५ प्रतियोगितामा धेरैको आकर्षाको केन्द्रबिन्दु बनेर फस्ट रनरअप घोषित ताहाचलकी शभोना श्रेष्ठ फस्ट रनरअपकै हैसियतले पहिलोपटक मिस अर्थ २००५ मा नेपालको प्रतिनिधित्व गर्दै छिन्। फिलिपिन्सको मनिलामा हुने सो प्रतियोगितामा भाग लिन उनी भोलि शनिबार त्यसतर्फजा“दै छिन्। यस अवसरमा प्रतियोगिताका आयोजक तथा प्रायोजक द हिडेन ट्रेजर र डाबर बाटिकाले शभोनालाई बिहीबार राजधानीमा एक कार्यक्रम गरी शुभकामनाका साथ बिदाइ गरे।
पूजा बस्नेत
दक्षिण कोरियाको सिउलमा आगामी असोज २८ गते आयोजना हुने मिस युनिभर्सिटी २००५ मा नेपालको प्रतिनिधित्व गर्न पूजा बस्नेत आज शुक्रबार त्यसतर्फप्रस्थान गर्दै छिन्। कलेजस्तरमा भएको छनोट प्रक्रियामा ९८ प्रतियोगीमध्ये पूजा मिस युनिभर्सिटी नेपाल २००५ छनोट भएको यससम्बन्धी जानकारी गराउन बिहीबार राजधानीमा आयोजित कार्यक्रममा जनाइयो। उनले सिउल शहरको ओलम्पिक स्टुडियोमा करिब छ० राष्ट्रको सहभागितासहित आयोजना हुन लागेको सो प्रतियोगितामा नेपाललाई विश्वसामु चिनाउन भरपुर प्रयास गर्ने बताएकी छन्। क्याम्पिएन एकेडेमीमा बीबीएस तेस्रो वर्षा अध्ययनरत पूजाले सो प्रतियोगिताका निम्ति आवश्यक विभिन्न विषयमा तीनहप्ते तालिम प्राप्त गरेकी छन्। लिटिल एन्जेल्स स्कुलबाट विद्यालयस्तरीय शिक्षा हासिल गरेकी पूजाको उचाइ ५ फिट ३ इन्च रहेको छ। उनी बत्तीसपुतलीनिवासी अवकाशप्राप्त मेजर फणीन्द्रविक्रम बस्नेतकी छोरी हुन्। पूजाले सो प्रतियोगितामा बुद्धसम्बन्धी परम्परागत वज्रयोगिनी नृत्य प्रस्तुत गर्नेछिन् भने चाहत बुटिकले तयार पारेको पहिरनमा प्रस्तुत हुनेछिन्। पूजा कोरिया जानुपर्ूव सम्पर्ूण्ा कार्य व्यवस्थापन गर्दै आएको ç इभेन्ट म्यानेजमेन्ट प्रालिले बिहीबार पूजा कोरिया जाने जानकारी गराउन आयोजना गरेको कार्यक्रममा पूजाले टयालेन्ट शोमा आफूले केही उपाधि हासिल गर्ने आशा गरेको बताइन्। त्यसै गरी विगत दर्ुइ वर्षेखि कोरियामा आयोजना हु“दै आइरहेको मिस युनिभर्सिटी प्रतियोगितामा नेपालबाट पनि सहभागिता गराउ“दै आएको हिमाल ट्रेड प्रोमोसन सेन्टरकी अध्यक्ष अर्चना श्रेष्ठले गत साल नेपालको प्रतिनिधित्व गराउन नसकेको बताइन्। सन् २००३ मा भने आयुषा श्रेष्ठ मिस युनिभर्सिटीको ताज नै जित्न सफल भएकी थिइन्। कार्यक्रममा धेरैपटक दक्षिण कोरिया पुगिसकेका ख्यात्रि्राप्त हास्यजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले पूजालाई शुभकामनासहित केही रमाइला अनुभव सुनाएका थिए।


निशा अधिकारी
मिस इन्टरनेसनल ब्युटि प्याजेन्टमा नेपालका तर्फबाट निशा अधिकारी सहभागी भएकी थिइन् । दुई महिनाअघि अर्थात् साउनको दोस्रो साता काठमाडौंमा क्यासियल गु्रपले आयोजना गरेको ‘मिस इन्टरनेशनल नेपाल’ प्रतियोगितामा विजयी हुँदै निशाले टोकियोसम्मको यात्रा तय गरेकी हुन् । उक्त प्रतियोगिता आयोजक तथा कोरियोग्राफर मनीष श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागी हुन उनी निशासँगै अर्का आयोजक सैलेश श्रेष्ठ पनि दुई साताअघि नै जापान गएका थिए । तर निशाले प्रतियोगितामा कुनै उपाधि जित्न सकिनन् । प्रतियोगिताको बेस्ट डे्रस चरणमा निशाले नेपालका आदिवासीहरूले प्रयोग गर्ने पहिरन प्रदर्शन गरेकी थिइन् । ‘मिस इन्टरनेशनल नेपाल’ मा सहभागी हुनुअघि निशाले मिस भ्यालेन्टाइन प्रतियोगितामा सेकेन्ड रनरअपको उपाधि जितेकी थिइन् । निशा यसै साता काठमाडौं फर्किने कार्यक्रम छ ।
यसको अतिरिक्त केहि समय अघि भएको मिस नेपाल प्रतियोगीतामा मिस नेपाल २००५हुन सफल सुगारिका के सी र मिस नेपाल हंगकंग हुन सफल पुणिर्मा गुरुगं लाइ पनि सौर्न्दर्य प्रतियोगीतामा पाएको सफलताको खुसिले दशैंलाइ छायाँमा पारेको छ यसपाली ,जे भएपनि सबै सुन्दरीहरुलाइ देवदासको तर्फ बाट विजया दशमीको शुभकामना

मिस नेपाल सुगारिका के सी

पुणिर्मा गुरुगं


गएका महिनाहरु:
