राजदरबारको विदेशी बैंकखाता रोक्का !
काठमाडौँ, १९ असोज ।
युरोपियन छब्बीस राष्ट्रको प्रतिनिधिमूलक टोली -ट्रोइका) हिजो काठमाडौं आइपुगेको समाचार छ । हिजैबाट टोलीले पर्ूवघोषित कार्यक्रमअनुसार नेपालमा मानवअधिकार र प्रजातन्त्रको अवस्थाको अध्ययन सुरु गरेको छ । एयरपोर्टमै टोलीले नौ दलसँग छलफल सम्पन्न गरेको छ । आन्दोलनकारी सात दल, राप्रपा र समता पार्टर्ीीलफलमा सामेल थिए । नेपालको प्रमुख दातामध्ये एक युरोपियन युनियनको प्रतिनिधिमण्डलले राजनीतिक दल, नागरिक समाज तथा अन्य महत्वपर्ूण्ा संघसंस्थासँग परामर्श गर्नेछ । यस क्रममा आज नागरिक समाज र राष्ट्रिय मानवअधिकार आयोगसँग उसले छलफल कार्यक्रम राखेको छ । राजासँग पनि छलफल गर्ने कार्यक्रम लिएर नेपाल आएको उक्त टोलीलाई राजाले ‘हर’ र्फकेका छन् । राजा उनीहरू राजधानी आइपुग्ने दिनै पोखरातिर हान्निएपछि टोली राजासँग आक्रामक बनेको छ । निरंकुश बाटोमा हिँडेका राजा प्रजातान्त्रिक प्रक्रियामा र्फकन्छन् कि र्फकँदैनन भनेर बुझ्न श्री ५ सँग समेत भेट्ने कार्यक्रम राखेको टोलीलाई राजाले अपमान गरेकोमा अन्य राष्ट्रको कूटनीतिज्ञसमेत छक्क परेको बताइन्छ ।
राजाको अध्यक्षतामा रहेको वतमान सरकारका तर्फाट परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले प्रतिनिधिमण्डलसँग आजै भेटवार्ता गर्ने कार्यक्रम रहे पनि त्यसको खासै महत्व हुनेछैन । टोलीले पाण्डेलाई बेस्मारी हकार्नेबाहेक अन्य छलफल हुनेछैन । कूटनीतिक असफलता झेल्दै आएका पाण्डेले यो टोलीलाई चित्त बुझाउने कुनै सम्भावना छैन । टोलीप्रति राजाको उपेक्षा आर्श्चर्यजनक र महाभूल भएको टिप्पणी कूटनीतिज्ञहरूले गरेका छन् । राजाले भेट्न नदिएको समेत उल्लेख गरी टोलीले प्रतिवेदन दिने निश्चित छ । राजाले ‘हर’ र्फकेपछि विदेशीहरू थप आक्रोशित बनेको बुझिएको छ । यसअघि, भारतीय नेताहरूलाई भ्रमणका क्रममा मन्त्रीहरू नै मिलेर गुण्डा परिचालन गरी ढंुगामुढा गराएर दरबारले भारतलाई चिढ्याएको थियो । आफ्नो र्समर्थन नगरेकोमा विदेशीसँग औधि आक्रामक देखिएका राजाले विदेशीलाई देखाएको अपमानजनक रवैयाको महँगो मूल्य चुकाउनर्ुपर्नेे कूटनीतिक क्षेत्रको विश्लेषण छ । दरबारियाको ढुंगा खाएका भारतीय नेता सीताराम यचुरीले आज एक साप्ताहिकमा अन्तर्वार्ता दिई ज्ञानेन्द्र नेपालको अन्तिम राजा हुने भविष्यवाणी गर्नुले पनि अनिष्टको संकेत गर्दछ ।
बेलायतको वैदेशिक तथा कमनवेल्थ कार्यालयमा दक्षिण एसिया तथा अफगानिस्तान मामिला निर्देशक टम फिलिप्सको नेतृत्वमा आएको युरोपियन युनियनको टोलीमा युरोपेली आयोगका उपमहानिर्देशक हर्ब जोउनजिन, एसिया तथा समुन्द्रपार निर्देशक निकोलास र्सक र सुरक्षा मामिला निर्देशक आइकन स्वान छन् । बेलायत हाल युरोपेली युनियनको अध्यक्ष राष्ट्र हो । ट्रोइकाले भ्रमणपछि दिने प्रतिवेदनको आधारमा नेपालमा युनियनको सहयोगको भविष्य निर्धारण हुनेसमेत बताइएको छ । युनियनको टोली यसअघि डिसेम्बरमा नेपाल भ्रमण गरेर फर्केको थियो ।
उता, सक्रिय शासनका हिमायती राजा श्री ५ ज्ञानेन्द्रले मन्त्रिपरिषद्को अध्यक्ष रहेर पनि त्यसको सामान्य नियमअनुसार आफ्नो सम्पत्ति र्सार्वजनिक नगरेपछि राजा र राजपरिवारका नाममा विदेशमा रहेको सम्पत्ति धरापमा पर्ने सम्भावना देखिएको छ । राजाले चाँडो सत्ता नछाडे युरोपियन युनियनलगायतलाई अनुरोध गरेर दलहरूले राजाको विदेशी बैंकमा रहेका सम्पत्ति रोक्का गराउने भएका छन् । नेपाल भ्रमणमा आएको युरोपियन युनियनको टोलीलाई दलहरूले युरोपियन देशहरूमा रहेका राजा र राजपरिवारका नामको सबै खाता रोक्का गर्न आग्रह गर्ने बताइएको छ । सबै युरोपेली राष्ट्रहरूको संघको अध्यक्ष रहेको बेलायती राजदूत ब्लुम फिल्डले अवस्था हेरेर राजाको सम्पत्ति रोक्का गर्न सकिने बताइसकेका छन् ।
सात दलको आग्रहमा युरोपेली राष्ट्रहरू मात्र नभई विश्वका सबै प्रजातान्त्रिक मुलुकहरूले राजाको सम्पत्ति रोक्का गरेर प्रजातन्त्र फिर्ता गर्न दबाब दिने सोचाइसमेत बनाएको बताइन्छ । युरोपियन संसद्ले यसअघि नै प्रजातन्त्र फिर्ता नगरे राजाको सरकारमाथि नाकाबन्दी लगाउने प्रस्ताव पारित गरिसकेको छ । तत्कालीन राजा वीरेन्द्रको सपरिवार हत्यापछि गद्दिनसीन श्री ५ ज्ञानेन्द्रलाई त्यतिबेलै सम्पत्ति र्सार्वजनिक गरी राष्ट्रियकरण गर्न तीव्र दबाब दिइए पनि राजाको सम्पत्ति सबै जनताकै हो भन्ने भावनात्मक जवाफ दिएर राजाले सम्पत्ति र्सार्वजनिक गरेका छैनन् । पछि, मन्त्रिपरिषद्को अध्यक्ष भए पनि मन्त्रीहरूले झैं राजाले पनि नियमानुसार ३५ दिनभित्र र्सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण र्सार्वजनिक गरेका छैनन् । राजा ज्ञानेन्द्र गरिब देशका धनी राजा मानिन्छन् ।खोजतलास विशेष संवाददाता


गएका महिनाहरु:
