.... ....UCC

4,October , 2005

नेपाली ब्लगमा देवदासको आगमन

नेपाली ब्लगको बजारमा नयाँ ब्लगको जन्म भएको छ त्यो हो रत्नपार्क र ब्लगरको नाम हो नेपाली देवदास । नेपाली ब्लगको चर्चा परीचर्चाहरु बढ्न थालेका छन र नेपाली भाषाका ब्लगहरुपनी विस्तारै बढ्दैछन आशा गरौ नेपाली ब्लगहरुले बिश्वस्नीयता कायम गर्नेछन भन्ने ।नेपाली ब्लग पढ्दा पढ्दै देवदास पनि ब्लगप्रती आकषिर्त भएको हुँदा उसले पनि ब्लग लेख्ने बिचार गर्दै काठमाण्डौको केन्द्र रत्नपार्क लाइ रोज्यो र ब्लगको नाम पनि रत्नपार्क भनेर नामाकरण गर्यो
नेपालीहरुको महान चाड वडादशै यतीबेला संघारमा छ ।आज घरघरमा जमरा राखीदै छ तर्सथ यसै घटस्थापनाको साइत पारेर देवदासले पनि ब्लगसमले दिएको इन्टरनेटको खाली स्थानको प्रयोग गर्दै नेपाली भाषाको ब्लग रत्नपार्क लाइ जमरा सम्‍झेर इन्टरनेटमा राखेको छ । आशा गर्छ देवदासले यो रत्नपार्कलाइ पाठकहरुले आफ्नो प्यारो मित्र बनाउनु हुनेछ भन्ने र दिनको एकपटक जसरी भएपनि रत्नपार्कमा आराम गर्न , पत्रिका पढ्न आउनु हुने छ भन्ने । रत्नपार्कमा प्रकाशित समाचारको हकमा देवदास के भन्छ भने ,यदि यस ब्लगमा अन्य पत्रिका अथवा वेबसाइट बाट साभार गरेको छ वा कसैले ब्यक्तिगत रुपमा लेखेर पठाएको छ भने त्यस समाचार वा लेख प्रती जिम्मेवार स्वयं लेखक अथवा प्रकाशक हुनेछ नकि देबदास ।देवदास स्वयंले लेखेका समाचार र लेखहरुमा मात्र
उ जबाफदेही हुनेछ ।लौ त तयार हुनुहोस रत्नपार्क जानलाइ , रत्नपार्कमा देवदास तपा
इको प्रतिक्षा गरिरहेको छ समाचार सुनाउनलाइ। अ……. अनि अर्को कुरा ,तपाँइ रत्नपार्कमा आइसकेपछी रत्नपार्कको बारेमा सल्लाह सुझाब प्रतिकृया दिन चाँही नभुल्नु होलानी देवदासलाइ ।तपाँइ प्रतिकृया इमेल मार्फत अथवा यही कमेन्टमा लेखेर छोड्न सक्नुहुन्छ है त ? उहि तपाँइको साथी देवदास– रत्नपार्क बाट






Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2005/10/04/well-com-to-nepali-devdas/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here