.... ....UCC

29,October , 2005

डाँका सरकार ! कुरीकुरी कान्तिपुर !!!

कात्तिक १२ गते शनिबार
सरकारले कान्तिपुरलाई, कान्तिपुरले उसका श्रोतालाई काउकुती लगाएर हैरानै पारे, यो साताभरि । नेपालकै इतिहासमा जनताको नजरमा सबैभन्दा लोकप्रिय -श्री ३ चन्द्रशमशेर महाराजजीको भन्दा पनि लोकप्रिय जनसरकारले कान्तिपुर एफएम कार्यालयमा मध्यरातको छेउछाउ पारेर उधुमसँग लुटपाट मच्चायो । यो सरकाराँ’ भ्रष्ट, भ्रष्टका भान्जा, डाँका, डाँकाका काका, बलात्कारी, बलात्कारीका मामा, कामचोर, कामचोरका सालासाली, गुन्डा, गुन्डाका डान, चोर, चोरका सरदारहरूको बाहुल्य छ भनेर हौवाका भरमा डंका पिट्ने सरकारविरोधी ‘फटाहा’ हरूका कुरा सत्रैआना सद्दे प्रमाणित हुनेगरी मेरीबास्सै ! सरकारै कस्तरी डकैती गर्न उत्र्यो भने, देख्नेसुन्ने सबैमा यसले बेस्मारी कुरीकुरी बनायो । यस्तरी कुरीकुरी त कात्तिके कुकुरका कन्तविजोक देखेर पनि हुन्नथ्यो भन्या ! कान्तिपुर सहराँ कान्तिपुरकै यतिबिधि कन्तबिजोक - लौ, सहन सकिने कुरो हो त यो - नुनको भाउ बढ्दा मनमनै मुमुरिने, मट्टीतेलको भाउ बढ्दा घरकलहमै चित्त बुझाउने राजधानीबासी कान्तिपुर एफएमलाई सहानुभूति दिन भने मज्जैले उत्रे सडकाँ । कसैले अध्यादेश जलाए, कसैले मसाल जलाए, कसैले रोड बन्द, कसैले उपत्यकै बन्द गरेर देखाए । कान्तिपुर एफएमलाई सुरक्षा दिन भनेर कार्यालय परिसर पुगेका शुभचिन्तकहरूलाई एफएमका मालिकहरूले हाँसीहाँसी चुइगम खुवाएर फेरि कुरीकुरी बनाए । कुरीकुरी हेदाहेदा दिक्क लागे पनि लाज मान्नुपर्नेले नमानेपछि दर्शकलाई केको टन्टन, हेरिदिए मस्तले । पछि, भने मुखै रातो भएर आयो, गर्नेलाई भन्दा देख्नेलाई लाज ! कुनैबेला कान्तिपुर मिसनको तारो बनेका गिर्जाबाउले कान्तिपुरलाई झन् सिगसिगो नै लाग्नेगरी कुरीकुरी बनाइदिए । बाँकी भित्र छ (more…)

नाम जुराउनुस् पच्चिस डलर जित्नुस्

ए…..ए…. ए….. पख्नुस नाम देबदासलाइ चाहिएको हैन । यो विज्ञापन त एक अमेरीकन ब्यक्तिले गरेका हुन । केहि हप्ता पछी उनको दोस्रो सन्तानको जन्म हुदैछ तर नाम के राख्ने उनलाइ समस्या भएको रहेछ तर्सथ यो बिज्ञापन गरेका हुन । तर नाम जुराउंदा तपाँइले केहि नियम पालन गर्नु पर्ने छ जो यसप्रकार छन ।

  • नाम पपुलर हुनुहुन्न । उनको पहिलो सन्तानको नाम Emerson हो जो पपुलारिटीको हिसाबले साह्रै पछाडी पर्दछ । तर्सथ दोस्रो सन्तानको नाम पनि त्यस्तै हुनु पर्ने छ । बाँकी भित्र छ
  • (more…)

    27,October , 2005

    दरवार राजनीतिक दलहरुलाई निकम्वा बनाउने शुरमा

    कात्तिक १० गते बिहीबार
    चौध वर्षको बनबासपछि राज्य सञ्चालन गर्न फर्किएका राम, सीता र लक्ष्मणको कथा जस्तै नेपालमा पनि १५ वर्षछि पूव पञ्च र मण्डलेहरुको हातमा डाडु पुन्यु सुम्पने काम ज्ञानेन्द्रले असोजतन्त्र र माघ १९ को शाही कूबाट सम्पन्न गर्न सफल भएका छन् । राजा वीरेन्द्रको बंश नाशपछि अकस्मात राज सत्ता आफ्नो हातमा लिन पुगेका ज्ञानेन्द्रका कृयाकलापहरु राजा भएको शुरुका दिन देखि नै रोचकताका साथ नेपाली समाजमा हेन लायक छन् । राजा ज्ञानेन्द्रद्धारा अहिलेसम्म रचिएका षडयन्त्रहरु विचार गर्दा उनले राजगुरु ज्योतिषीहरुद्धारा साइत जुराएर गर्दा रहेछन् । षडयन्त्र सफल नहोलाकि भनी यसबाट कुनै अनिष्ट पो पर्लाकि भनेर ज्ञानेन्द्रले यज्ञ, होम, मठमन्दिरमा पूजा अर्चना र दान कार्य गर्दै षडयन्त्रका चालहरुलाई अगाडि चाल्दै गरेका देखिन्छन् ।उदाहरणका लागि केही रोचक घटनाहरु जस्तो कि दशैं तिहारको छुट्टिका बेला युवराजको घोषणा । २००१ को राति संसद भंग गर्ने घोषणा, असोजतन्त्रबाट शेरबहादुरको वर्खास्ती र कार्यकारी अधिकार आफैं लिने र एक पछिअर्को घटनाहरु तिनै षडयन्त्रका असफल कडीहरुका रुपमा हेन सकिन्छ । संसारकै हिन्दूहरुको सम्राटको उपाधी हासिल गरी सकेका महाराजाले आफ्नो कूटिल राजनैतिक षडयन्त्रको सफलताका लागि मुसोको बली समेत दिन पछि परेका थिएनन् । तर राजाले हिन्दू देवलाई केको बली चढाए को नि - तर राजाको शाही सन्देशको भिडियो रेकडिङ हेदा पछाडिको भित्तामा हस्तकलाद्धारा निर्मित राजमुकुट, राजदण्ड, कुण्डली आदिबाट के र्छलङ हुन्छ भने दरवारियाका आसेपासे र पण्डितहरु रात भर नसुती राजाको साइत (more…)

    25,October , 2005

    रेडियो नेपाल बहिष्कार

    कार्तिक ८ गते मंगलबार
    सरकारलाई सहयोग नगरेको निहु झिकेर निजी सञ्चारमाध्यमहरूलाई निमिटयान्न पार्ने अभियानमा लागेको निरंकुश शाही सरकारमातहतका सञ्चारमाध्यमहरूले झूठो समाचार फुकेर भ्रमको खेती गर्न थालेपछि जनता सरकारी सञ्चारमाध्यमका समाचार नै बहिष्कार गर्न बाध्य बनेका छन् । गतअसोज ३० गते सुनकोशीको ओखलढुंगा, हर्कपुरघाटमा भएको डुंगा दुघटनाको विषयमा रेडियो नेपालले फुकेको झूठो समाचारले पूरै गाउ“ नै तनावग्रस्त बनाएपछि टोक्सेल हर्कपुरवासीहरूले रेडियो नेपालको समाचार बहिष्कार गरेका छन् । ‘झूठो समाचारको खेती गर्ने रेडियो नेपालको समाचार सुन्नुभन्दा त नसुनेकै बेस हुन्छ’, जिविस ओखलढुंगाका पूवसदस्यसमेत रहेका टोक्सेल-२ हर्कपुरका सीताराम श्रेष्ठले बताए । रेडियो नेपालमा समाचारको धून बज्नासाथ हर्कपुरवासीहरू रेडियो बन्द गरिहाल्छन् । (more…)

    23,October , 2005

    चीनमा पनि चन्द्रमा बिक्रिको शुरुवात

    कार्तिक ६ गते आइतबार

    न्द्रमामा जमिनको टुक्रा बेच्ने पसल अब चीनमा पनि खुलेको छ ।धेरै पहिले देखि चन्द्रमामा प्लट बेच्दै आइरहेको अमेरिकन कंपनी लुनर एम्बेसी ले बेइजीगंमा कार्यालय खोलेर यस्को सुरुवात गरेको कुरा चाइना डेली पत्रीकाले जनाएको छ । पत्रीकाका अनुसार अमेरिकी कंपनीले चन्द्रमामा ३७ डलर प्रति एकडको दरले जमीन बेच्न शुरु गरेको छ ।यस कंपनीले यो भन्दा पहिले अमेरीका ,बेलायत,र ऑस्ट्रेलिया समेत गरी सात देशमा आफ्नो कार्यालय खोलीसकेको छ ।अहिले जब चीनले आफ्ना दुइ बैज्ञानिकलाइ सफलता पुवक अंतरिक्षको यात्रा गराएको देखेपछी यो कंपनीले चीनमा आफ्नो व्यपार बढ्न सक्ने देखेर यो कदम चालेको हो ।चन्द्रमामा जग्गा किनेपछि प्रमाणको लागी एक विशेष किसीमको प्रमाणपत्र दिनेछ र चिनीया गा्हकको लागी चन्द्रमामा २० देखी २४ उत्तरी अक्षांश र ३० देखी ३४डिग्री पश्चिम देशांतरको बिचको भाग मात्र उपलब्ध गराउने (more…)

    22,October , 2005

    वेलायतमा जीमेल बन्द

    कार्तिक ५गते शनिबार

    गुगलको चर्चित एवं निशुल्क सेवामा संचालन भइरहेको जीमेल अब बेलायतमा बन्द भएको छ । जी मेलको स्थानमा अब गुगल मेल लेख्नुपर्नेछ । जीमेलको नाममा ट्रेडमार्क विवाद भएका कारण यो परिवर्तन भयको हो लंडन स्थित इंडिपेन्डेंट इंटरनेशनल इन्वेस्टमेंट रिसर्च ले दावा गरेको छ कि आजभन्दा दुइवर्षपहिलेदेखि उस्ले जी मेल शुरुगर्दैआइरहेको छ हुनत यि दुइ कंपनि विच पहिले देखिनै यो विषयमा कुरा हुंदै आइरहेको थियो तर कुनै निश्कर्षबिनानै यो वार्ता भंग भएको थियो त्यसकारण गएको बुधबारदेखि नै बेलायतमा नयाँ प्रयोगकर्ताले @gmail.com को बदला@googlemail.com ठेगना (more…)

    21,October , 2005

    कान्तिपुर एफ एम मा प्रहरि हस्तक्षेप

    ::अपडेट:: कान्तिपुर एफएमको राजधानीको पुल्चोकस्थित कार्यालयमा शुक्रबार राति अबेर तीन दर्जन प्रहरी जबर्जस्ती प्रवेश गरी पूर्वाञ्चलमा प्रसारणका लागि प्रयोग हुने उपकरण उठाई लगेपछि त्यहाँको प्रसारण बन्द भएको छ। राति करिब सवा ११ बजे चार वटा भ्यानमा चढी आएका प्रहरीहरुले कार्यालय भवनमा जबर्जस्ती प्रवेश गरी ती सामान उठाई लगेका हुन्। हाल कान्तिपुर एफएमको प्रसारण काठमाडौंमा मात्र सीमित भएको छ। कान्तिपुर एफएमले पाँच वर्ष अगाडिदेखि अपलिंक गरी पूर्वाञ्चलमा प्रसारण गर्दै आएको छ। मघ १९ को शाही कदमपछि सञ्चार माध्यममा हतियारधारी सुरक्षाकर्मी तैनाथ गरिए पनि संकटकाल हटाइसकिएपछि सञ्चार माध्यमको कार्यालयमा सुरक्षाकर्मीहरुले हस्तक्षेप गरेको यो पहिलो घटना हो। (more…)

    18,October , 2005

    भोली अदालतमा आउँदैछन सद्दाम….

    कार्तिक १ गते मंगलवार

    कुनैबेला समाचारका हिरो भएका सद्दाम हुसैन हिजोआज आफ्नै देशको अज्ञात स्थलमा कैदिको जीबन बिताइरहेका छन। त्यतिबेला हरेक समचारपत्रका समाचारहरु सद्दाम हुसैनको नामबाट सुरु भएर सद्दामकै नाममा सकिन्थ्यो तर विडम्बना जब देखि जर्ज डव्लु बुशको आँखा सद्दाम माथि परे तब देखि सद्दामको जिन्दगीको साँढेसात शुरुभयो र यो साँढेसात सद्दामको जिन्दगी सँगै समाप्त हुने लगभग निश्चित छ।हिजो आज सद्दामले गर्नसक्ने भनेको तिन फिट चौडा र चार फिट लम्बाइको कोठामा बसेर नमाज पढ्ने र छेउछाउमा रहेका फुलका गमलामा पानि हाल्ने मात्र हो ।भोली बुधवार उनलाइ अदालतमा उपस्थित गराइदै छ उनिमाथी लगाइएका आरोपहरुको वारेमा बहस गर्नलाइ……….रमाइला तस्विर को लागी भित्र जानुहोला (more…)

    15,October , 2005

    सेनाद्धारा पत्रकार पिटिए

    असोज २९ गते शनिवार

      दैलेख जिल्ला सदरमुकामको उत्तरी मूल प्रवेशद्धारमा बसेको सेनाको सुरक्षा चेकपोष्टका हवल्दारले शुक्रबार अपरान्ह दृष्टि साप्ताहिकका दैलेखस्थित स्थानीय संवाददाता तथा सर्ुर्खेतबाट प्रकाशन हुने फरकबाटो साप्ताहिकका उपसम्पादक जनकप्रसाद न्यौपानेलाई कुटपिट गरेका छन् ।चेकपोष्ट नजिकैको आफनै घरमा बसेका न्यौपानेलाई सेनाका हवल्दारले परिचय तथा घर सोधेपछि न्यौपानेले आफ्नो घर देखाए लगत्तै आफुलाई अकारण पिटेको न्यौपाने बताउँछन् ।जिल्लास्थित सेनाले दुवै पक्षलाई बोलाई आवस्यक कार्वाही तथा स्थिति छानविन गर्ने जनाए पनि वार्ताका लागि अपरान्ह चार बजे गएका पीडितपक्षलाई सेनाले व्यारेर भित्र नेपाल पत्रकार महासंघका सचिव कमल न्यौपानेलाई पस्न दिइएन भने पीडित पक्षका न्यौपाने र युगवाणी साप्ताहिकका जिल्ला संवाददाता सीताराम जैसीलाई भित्र लिई दर्ुइपक्षलाई वार्ता नगर्राई पत्रकारद्धयलाई पत्रकारहरु धेरै स्वतन्त्र भएको बताउंदै (more…)

    को थिइन त ति युवति ?

    अबदेखि देवदासले रत्नपार्कमा तपाँइहरुका अविश्मरणिय क्षणहरुलाइ पनि समेट्ने बिचार गरेको छ । यदि तपाँइसँग पनि कुनै त्यस्ता क्षणहरु छन भने देबदासलाइ लेखि पठाउनुहोला । आजको प्रथम अंकमा ललितपुर सुनाकोठिका श्री कृष्ण गोपाल महर्जनले पठाउनु भएको उहाँको अविश्मरणिय क्षणलाइ देवदासले तपाँइ सामु ल्याएको छ।

    त्यसपछि म लम्किएँ लगनखेल बषपार्कतिर ।माघको महिना साँझपर्न लागीसकेको थियो। सबैजना आ आफ्नै बासस्थानतिर लम्किंदै थिए ।म पनि लगनखेल बषपार्कबाट चापागाँउ जाने मिनिबसमा चढें ।मान्छेहरुको भिड अलि बढिनै थियो त्यो दिन तथापी एउटा सिट मेरो भागमा लेखिएको रहेछ तर्सथ बसिहालें । केहिछिन पछि एउटि युबती त्यहि गाडिमा चढिन ,दुइ हातमा सागसब्जीले भरिएको प्लास्टिकको झोला र काखिमा एउटा लेदरको ब्याग भिरेर ।

    पकेटमारको अभियोगमा पर्नुहुने श्री कृष्णगोपाल महर्जन
      यसो हेरें हातमा रहेको सब्जिको झोलाले गर्दा उनले कतै समाउन सकिनन्, मेरो मनमा सहयोगको भावना पलायो र मैले अनुमतिका साथ ति दुबै झोला बोकिदिंए तब उनि पनि अलि सन्तोषको सास फेर्दै बसको डण्डिमा समाएर सजिलो सँग उभिइन । बसले लगनखेल बसपार्क लाइ विदाइ गरेर सातदोबाटो तिर लम्किसकेको थियो । तर मलाइ के थाहा सातदोबाटोमा मलाइ सँढेसातको दसाले पर्खिरहेको छ भन्ने ,सातदोबाटो पुग्ने बेलामा तिनै युबती (more…)

    13,October , 2005

    होला त चुनाव अर्को बर्षमा ?

    रत्नपार्क-अशोज २७ गते

    दशैंको उपलक्ष्यमा श्री ५ ज्ञानेन्द्र बाट आदेश भएको छ कि आगामी माघ २६गते नगरपालीकाको चुनाब गर्ने र अर्को बर्ष संसदको चुनाव गर्ने भनेर तर के तपाई विश्वास गर्न
    सक्नुहुन्छ यो चुनाव सफल हुन्न्छ भनेर ? तर तपइले मानेपनि नमाने पनि यो चुनाव हुदैछ ।यस अघिनै प्रमुख राजनिती दलहरुले घोषणा गरि सकेका छन कि उनिहरुले चुनावमा भाग लिदैदनन् भनेर । अर्कोकुरा शाहिसरकार ले पहिले भन्दै आएको थियो कि पहिला माओवादी हरुसंग वार्ता गरेर सान्ति स्थापना भएपछि मात्र चुनावमा जाने भनेर तर वार्ताको त कुरै छोडौं माओवादी पक्षबाट युद्दविरामको घोषणा गर्दापनि यो सरकारले आफ्ने तर्फ बाट युद्दविरामको घोषणा गर्न सकेन । अहिले एक्कासी आएर चुनावको घोषणा भएको छ तर यस बिषयमा नत राजनितीक पार्टिसंग कुनै सल्लाह लिइएको छ न त माओवादी संगनै । विश्वस्त सुत्र भन्छ यदि सबैकुरा आफ्ने खुसिले गर्ने हो भने किन चुनावको नाटक गर्नुरु सिधै आफ्ने चाहना अनुसारको ब्यबस्था चलाए भैहाल्योनि । बाँकी भित्र छ (more…)

    12,October , 2005

    महानवमी र दशमी अर्थात टीका एकसाथ लगाइँदै

    बडादसैँको नवौँ तथा दसौँ दिन आज अधिराज्यभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजा आराधना तथा आफ्ना मान्यजनहरूबाट टीका र जमरा लगाई अधिराज्यभर महानवमी तथा विजयादशमी पर्व हर्षोल्लासका साथ मनाइँदैछ। यस वर्षमहानवमी र विजयादशमी एकै दिन परेकाले विजयादशमीका दिन लगाइने टीका आज दिउँसो एक बजेर २५ मिनेटको साइत उत्तम रहेको नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष नायब बडागुरुज्यू डा. माधप्रसाद भट्टराईले बताउनुभएको छ। हिजो बेलुका कालरात्रिको पूजा गर्ने र आज बिहान महानवमीको पूजा गरेर ११२५ बजेको साइतमा विजयादशमीको पूजा विर्सजन गर्नुपर्ने पनि उहाँले जानकारी दिनुभयो। घटस्थापनाका दिन आ-आफ्ना घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठहरूमा चढाइने चलन रहेको छ। यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत (more…)

    सशस्त्र प्रहरी-सैनिक भिडन्त, ३ सैनिकको मृत्यु

    कन्चनपुरमा सशस्त्र प्रहरी र सैनिक टोली बीच मंगलबार राति भएको दोहोरो गोली हानाहानमा ३ सैनिकको मृत्यु भएको छ भने एक सैनिक अधिकृत सहित ७ जना घाइते भएका छन् । साँझ सात वजे भएको घटनामा घाइतेमध्ये २ जना गम्भीर छन् । जिल्लास्थित सुरक्षाश्रोतका अनुसार, मृतकमा महेन्द्रनगरको सूर्य दल गुल्मका सिपाहीहरु राम वहादुर चौधरी, ठाकुरराम चौधरी र टेक वहादुर शाही छन् । घाइतेहरु सोही गुल्मकै क्याप्टेन उदय लामिछाने, अमल्दार केशर वुअे, सिपाही गगन सिं धामी, प्रेम सिं धामी, टोपेन्द्र मल्ल, खगेन्द्र श्रेष्ठ र पदम ओली छन् । सुरक्षाश्रोतले प्रारम्भिक अनुसन्धानबाट घटना आपसी असमझदारीमा हुन गएको दावी गरेको छ । कारागार सुरक्षार्थ भित्र पोष्टमा रहेका सशस्त्र टोली र कारागार परिसर नजिक सडकमा पीक अप भ्यानमा रहेका सैनिक टोलीबीच पटक पटक दोहोरो फायरिङ भएको थियो । फायरिङ शुरु भएपछि आसपासमा त्रास फैलिइ स्थानीय बासिन्दा घरभित्र लुकेका थिए । नजिकका घरहरुमा गोली लागेपनि सर्वसाधरणतर्फ कुनै क्षति नभएको वताइएको छ । प्राप्त परेवा डटकम बाट

    11,October , 2005

    आज महाअष्टमी

    असोज २५ गते मंगलबार

    बडादसैँको आठौँ दिन आज अधिराज्यभर दुर्गा भवानीको पूजा आराधना गरी महाष्टमी पर्व मनाइँदैछ। आज दसैँघर र कोतलगायत अधिराज्यका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने गरिन्छ।काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठहरू दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिरहरूमा पनि बलि चढाउने र पूजा आराधना गर्नेहरूको बिहान सबेरैदेखि घुइँचो लाग्छ। यसैगरी गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डँडेल्धुराको उग्रतारालगायतका मन्दिरहरूमा पनि शान्तिस्वरूपा भगवतीको पूजाअर्चनाका लागि यस उपलक्ष्यमा विशेष भिड लाग्छ।महाष्टमीकै अवसरमा आज दसैँघर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै कलपर्ुजा, हातहतियार र सवारी साधनहरूलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ। पशुबलि नचढाउनेहरू पनि आजको दिन जमराकोठामा घिरौँला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गाभवानीलाई खीर, नरिवल चढाउने गर्छन्।हनुमानढोकाको दसैँघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गाभवानीको पूजाअर्चना र हर्षबढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाइने चलन छ। नेवारहरूमा विशेषगरी बज्राचार्य, शाक्य, मानन्धरलगायतका जातिहरूमा पनि आजको दिन दुर्गाभवानीको पूजाआजा गर्ने चलन छ। यसवर्ष महानवमी र विजयादशमी एकै दिन परेकाले आज बिहानै महाष्टमीको र बेलुका कालरात्रिको पूजा गर्ने, भोलि बिहान महानवमीको पूजा र त्यसपछि ११२५ बजेको साइतमा विजयादशमीको पूजा विर्सजन गर्नुपर्ने नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष नायब बडागुरूज्यू डा. माधवप्रसाद भट्टराईले बताउनुभएको छ। उहाँका अनुसार विजयादशमीका अवसरमा लगाइने टीकाका लागि असोज २६ गते दिउँसो एक बजेर २५ मिनेटको साइत उत्तम रहेको छ।

    तिहारपछि नेपालमा सुनामी आउने

    असोज २५ गते मंगलबार
    रत्नपार्क । सरकारले चुनावको घोषणा र संचार अध्यादेश जारी गरेर निरंकुशताको परकाष्टा नाघेको टिप्पणी गर्दै दलहरले मंसिर ४ गतेबाट आन्दोलनको सुनामी ल्याउने धम्की दिएका छन् । राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले महासचिव माधवकुमार नेपालले देशमा सिधा मुठभेदकोस्थिति देखा परेको उल्लेख गर्दै राजावादीहरुमा देखा परेको अन्तरविरोधले लोकतान्त्रिक आन्दोलनलाई सहयोग पुगेको बताउनुभयो ।
    त्यस्तै, कांग्रेस नेता अर्जुननरसिंह के.सी.ले निर्वाचन सरकारको षडयन्त्र भएको बताउनुभयो । प्रजातान्त्रिका नेता डा. नारायण खड्काले सरकारले चुनाव घोषणा गरेर गाईजात्रा मंचन गरेकेा बताउनुभयो । उता, राप्रपाका नेता पद्मसुन्दर लावतीले सकभर सबैले निर्वाचनमा भाग लिने वातावरण बनाउनु पर्ने बताउनुभयो भने समता पार्टर्ीी अध्यक्ष नारायणसिंह पुनले दलहरुले निर्वाचन बहिष्कार गरे दलहरु कमजोर हुने बताउनुभयो ।

    10,October , 2005

    आज फूलपाती

    असोज २४ गते सोमबार
    रत्‍नपार्क– बडादसैँ अर्न्तर्गत सप्तमी तिथिमा आज अधिराज्यभर परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाइँदैछ ।दुर्गा भवानीको प्रतिमा राखिएको दसैँघरमा फूलपातीको शुभ-साइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको पात, फलफूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्रयाइन्छ ।आज अपराहृन टुँडिखेलमा बढाइँ हुनासाथ गोरखाबाट ल्याइएको फूलपातीलाई विधिपूवक हनुमानढोकास्थित दसैँघरमा भित्रयाइन्छ ।सो फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पुजारीसहित मगरजातिका छजनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका बाहुन जातिका छजनाले ल्याउने परम्परा रहेको छ ।हर्षबढाइँका साथ फूलपाती भित्रयाउन गुरुज्यूको पल्टन, शाही नेपाली सेना, नेपाल प्रहरी, राजप्रासाद सेवा र निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुजा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौडीहरू र साँस्कृतिक नाचगानसहितको लावालस्करको टोली हनुमानढोकाबाट जमल प्रस्थान गर्दछ । घटस्थापनाका दिनदेखि दसैँ सुरु हुने भए पनि दसैँको विशेष चहलपहल भने फूलपातीका दिनदेखि नै सुरु हुन्छ । फूलपातीदेखि सरकारी कार्यालय बन्द हुने भएकाले अध्ययन, व्यवसायलगायत विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका व्यक्तिहरू सपरिवार बसेर दुर्गा भवानीको टीका थाप्न आ-आफ्ना घर र्फकने क्रम आजदेखि अझ तीव्र भएको छ ।

    आयो कालो कानुन

    असोज २४ गते सोमबार
    रत्‍नपार्क । तीब्र विरोधका बाबजुद पनि संचार क्षेत्रलाई नियन्त्रणमा लिन सरकारले कडा कानून ल्यारै छाड्यो । यसअघि नै उक्त कालो कानुन ल्याउने भित्री तयारी भइरहेको खुलासा भइ सकेको थियो । कालो कानुनको प्रस्तावितरुप भित्रभित्रै तयारी भइरहेको र्सार्वजनिक भएपछि उक्त कानुनको चौतर्फी तीब्र आलोचना भएको थियो तर, सरकारले लागू नभइसकेको कानुनका बारेमा विरोधमा समाचार प्रकाशित गरेको विषयमा प्रेस काउन्सिलमार्फ् पत्रिकामाथि स्पष्टीकरण लिएको थियो । लामो समय रोकिएको कालो कानुनलाई हिजो अध्यादेशमार्फ् जारी गरिएपछि त्यसले औपचारीकता पाएको छ । यो कानुनले राजा र राजमुकुटका बारेमा आलोचना गर्ने सबै प्रजातन्त्रवादी संचार माध्यममाथि सुर्केनो लगाउने छ ।पाँच महिना अघि तयार परिएको उक्त कानूनलाई श्री ५बाट आइतबार नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम संचारसम्बन्धी केही नेपाल ऐन संसोधन गर्ने अध्यादेश २०६२ र कम्पनी अध्यादेश २०६२ जारी गरिबक्सेको छ ।
    संचार माध्यामलाई ठेगान लगाउने उद्देश्यले ल्याइएको कालो कानुन यसअघि नै मन्त्रिपरिषद्बाट पारित भइसकेको भएपनि चौतर्फी विरोधका कारण जारी हुन सकेको थिएन । सामचारस्रोतका अनुसार (more…)

    9,October , 2005

    कतै दशैं, कतै दशा !

    शनिवार पाकिस्तानमा आएको भुकम्पमा बिस हजार भन्दा बढि मानिसको मृत्यु

    अपडेट>>> मृतकको संख्या पचास हजार भन्दा बढि, घाइते सत्तरी हजार घरबार बिहिन तीस लाख
    नेपाल एवं भारतमा यतिबेला महान चाड विजया दशमीको भव्य तयारी हुदैछ तर छिमेकि देश पाकिस्तान एवं भारतकै कस्मीरी क्षेत्रमा महाभुकम्पले गर्दा सयौं मनिसहरुको ज्यान गइरहेको छ । शनिबार बिहान गएको सात दशमलब छ रेक्टर स्केलको भुकम्पले गर्दा अहिले सम्म पाकिस्तानमा बिस हजार भन्दा बढिको ज्यान गइसकेको छ भने भारतको कास्मीरमा त्यसैको धक्काले अहिले सम्म छ सय को ज्यान गइसकेको छ तर यो संख्या बढ्ने अनुमान छ । पाकिस्तानमा मर्नेहरुमा मुख्यगरी स्कुलका बिद्यार्थि एवं सेनाहरु भएको बताइन्छ ।नेपाली समय अनुसार शनिबार विहान नौ बजेर पैतिस मिनेटमा आएको यो भुकम्पको केन्द्रबिन्दु पाकिस्तान प्रशासित कास्मिरको राजधानी मुजफ्राबादको आसपास भएको बताइन्छ ।अन्य समाचार एवं तस्विरहरुको लागी भित्र जानुहोला (more…)

    7,October , 2005

    दशैं बिर्सिए सुन्दरीहरुले


    अशोज २१

      यतिबेला घरघरमा दशैंको चहलपहल बढेको छ ।कोहि दशैंको लागी शहरबाट गाउँतिर गइरहेका छन कोहि बिदेशबाट स्वदेश आइरहेका छन । हुनेहरु दशैंमा कसरी रमाइलो गर्ने भनेर पैसा खर्चिरहेका छन त नहुनेहरुपनि रिण खोजेर भएपनि दशैं मनाउदै छन । तर यहि दशैंको मुखमा केहि सुन्दरीहरु दशैं त फेरी फेरी आउंछ तर सौर्न्दर्य देखाउन संधैभरी कहाँ पाइन्छ भनेर बिदेसतिर लम्कीरहेका छन आफ्ने सौर्न्दर्य पर््रदर्शन गर्न। बाँकी भित्र छ (more…)

    आयो हजुर ज्वाइँको मोबाइल

    ज्वाइँको मोवाइलले चर्चित स्पाइसेस मोबाइल अर्थात मेरो मेवाइल आजदेखि नेपाल टेलीकम सँग इन्टरकनेक्सन सम्झौता सुरुवात गरी सन्चालनमा आएको छ ।
    बिगत केहिदिन देखी टेलीकम सँग सम्झौता नमिलेर यो सन्चालन हुन सकेको थिएन तर गैरआवासीय नेपालीहरूको संगठनका अध्यक्ष डा. उपेन्द्र महतोले आफ्नो लगानी रहेको स्पाइसेस मोबाइलमा इन्टरकनेक्सन नदिए लगानी फिर्ता लैजाने धम्की दिएको चौबीस घन्टा नबित्दै हिजो टेलिकमले उक्त कम्पनीलाई इन्टरकनेक्सन दिएको समाचार छ । टेलिकम सञ्चालक समितिको बुधबारको बैठकले स्पाइसेससँग इन्टरकनेक्सनका लागि सम्झौता गर्ने निर्णय सहित महसुलसमेत निर्धारण गरेर नेपाल दूरसञ्चार प्राधिकरण बिहीबार नै पठाएको थियो । इन्टरकनेक्सनपछि नेपाल टेलिकमको मोबाइल वा साधारण फोनबाट स्पाइसेसको मोबाइलमा फोन गर्दा ग्राहकप्रति मिनेट १ रुपैयाँ ५० पैसा अतिरिक्त महसुल तिनुपर्ने हुन्छ । टेलिकमको साधारण फोनबाट स्पाइसको मोबाइलमा फोन गर्दा प्रतिमिनेट २ रुपैयाँ ५० पैसा, प्रिपेडबाट ४ रुपैयाँ ५० पैसा र पोस्टपेडबाट गर्दा ४ रुपैयाँ -करबाहेक) लाग्नेछ । स्पाइसेसको मोबाइलबाट सोही मोबाइलमा फोन गर्दा प्रतिमिनेट एक पैसा र साधारण फोनबाट कल गर्दा प्रति मिनेट एक रुपैयाँ ५१ पैसा लाग्नेछ । हाल २५ हजार वितरण गरिसकेको भनिएको स्पाइसेसमध्ये १५ हजार लाइन सञ्चालनमा आएको छ ।तर दुखको कुरो इन्टरकनेक्सन भए पनि स्पाइसको कनेक्सनबाट एकै समय १२० जनाले मात्रै कुराकानी गर्न सक्छन् ।

    5,October , 2005

    राजदरबारको विदेशी बैंकखाता रोक्का !

    काठमाडौँ, १९ असोज ।
    युरोपियन छब्बीस राष्ट्रको प्रतिनिधिमूलक टोली -ट्रोइका) हिजो काठमाडौं आइपुगेको समाचार छ । हिजैबाट टोलीले पर्ूवघोषित कार्यक्रमअनुसार नेपालमा मानवअधिकार र प्रजातन्त्रको अवस्थाको अध्ययन सुरु गरेको छ । एयरपोर्टमै टोलीले नौ दलसँग छलफल सम्पन्न गरेको छ । आन्दोलनकारी सात दल, राप्रपा र समता पार्टर्ीीलफलमा सामेल थिए । नेपालको प्रमुख दातामध्ये एक युरोपियन युनियनको प्रतिनिधिमण्डलले राजनीतिक दल, नागरिक समाज तथा अन्य महत्वपर्ूण्ा संघसंस्थासँग परामर्श गर्नेछ । यस क्रममा आज नागरिक समाज र राष्ट्रिय मानवअधिकार आयोगसँग उसले छलफल कार्यक्रम राखेको छ । राजासँग पनि छलफल गर्ने कार्यक्रम लिएर नेपाल आएको उक्त टोलीलाई राजाले ‘हर’ र्फकेका छन् । राजा उनीहरू राजधानी आइपुग्ने दिनै पोखरातिर हान्निएपछि टोली राजासँग आक्रामक बनेको छ । निरंकुश बाटोमा हिँडेका राजा प्रजातान्त्रिक प्रक्रियामा र्फकन्छन् कि र्फकँदैनन भनेर बुझ्न श्री ५ सँग समेत भेट्ने कार्यक्रम राखेको टोलीलाई राजाले अपमान गरेकोमा अन्य राष्ट्रको कूटनीतिज्ञसमेत छक्क परेको बताइन्छ ।
    राजाको अध्यक्षतामा रहेको वतमान सरकारका तर्फाट परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले प्रतिनिधिमण्डलसँग आजै भेटवार्ता गर्ने कार्यक्रम रहे पनि त्यसको खासै महत्व हुनेछैन । टोलीले पाण्डेलाई बेस्मारी हकार्नेबाहेक (more…)

    विजया दशमीको शुभकामना

    4,October , 2005

    नेपाली ब्लगमा देवदासको आगमन

    नेपाली ब्लगको बजारमा नयाँ ब्लगको जन्म भएको छ त्यो हो रत्नपार्क र ब्लगरको नाम हो नेपाली देवदास । नेपाली ब्लगको चर्चा परीचर्चाहरु बढ्न थालेका छन र नेपाली भाषाका ब्लगहरुपनी विस्तारै बढ्दैछन आशा गरौ नेपाली ब्लगहरुले बिश्वस्नीयता कायम गर्नेछन भन्ने ।नेपाली ब्लग पढ्दा पढ्दै देवदास पनि ब्लगप्रती आकषिर्त भएको हुँदा उसले पनि ब्लग लेख्ने बिचार गर्दै काठमाण्डौको केन्द्र रत्नपार्क लाइ रोज्यो र ब्लगको नाम पनि रत्नपार्क भनेर नामाकरण गर्यो
    नेपालीहरुको महान चाड वडादशै यतीबेला संघारमा छ ।आज घरघरमा जमरा राखीदै छ तर्सथ यसै घटस्थापनाको साइत पारेर देवदासले पनि ब्लगसमले दिएको इन्टरनेटको खाली स्थानको प्रयोग गर्दै नेपाली भाषाको ब्लग रत्नपार्क लाइ जमरा सम्‍झेर इन्टरनेटमा राखेको छ । आशा गर्छ देवदासले यो रत्नपार्कलाइ पाठकहरुले आफ्नो प्यारो मित्र बनाउनु हुनेछ भन्ने र दिनको एकपटक जसरी भएपनि रत्नपार्कमा आराम गर्न , पत्रिका पढ्न आउनु हुने छ भन्ने । रत्नपार्कमा प्रकाशित समाचारको हकमा देवदास के भन्छ भने ,यदि यस ब्लगमा अन्य पत्रिका अथवा वेबसाइट बाट साभार गरेको छ वा कसैले ब्यक्तिगत रुपमा लेखेर पठाएको छ भने त्यस समाचार वा लेख प्रती जिम्मेवार स्वयं लेखक अथवा प्रकाशक हुनेछ नकि देबदास ।देवदास स्वयंले लेखेका समाचार र लेखहरुमा मात्र
    उ जबाफदेही हुनेछ ।लौ त तयार हुनुहोस रत्नपार्क जानलाइ , रत्नपार्कमा देवदास तपा
    इको प्रतिक्षा गरिरहेको छ समाचार सुनाउनलाइ। अ……. अनि अर्को कुरा ,तपाँइ रत्नपार्कमा आइसकेपछी रत्नपार्कको बारेमा सल्लाह सुझाब प्रतिकृया दिन चाँही नभुल्नु होलानी देवदासलाइ ।तपाँइ प्रतिकृया इमेल मार्फत अथवा यही कमेन्टमा लेखेर छोड्न सक्नुहुन्छ है त ? उहि तपाँइको साथी देवदास– रत्नपार्क बाट



























    Get free blog up and running in minutes with Blogsome | Theme designs available here